कामना सेवा विकास बैंक र आइएनजीए शपिङ कम्पलेक्सबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2024 | 08:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित INGA Shopping Complex सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको विभिन्न सेवामा छटु पाउने उल्लेख छ।

बैंकका अनुसार कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी-फुड तथा एफएमसीजी-नन-फुडमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ । ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved