आज बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 10:33:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज सोमबार तोलामा १५ रुपैयाँले बढेर १ हजार ६ सय ७५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ९ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ३६ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved