रु रु जलविद्युत परियोजनाको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 07:10:40 PM मा प्रकाशित

laxmi  sunrise bank

हालै मात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।  बैशाख ५ गते आइतबारदेखि लाागु हुने गरि  रु रु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेड बिच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो । 

रु रु जलविद्युत परियोजनाका तर्फ बाट कम्पनिका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फ बाट नायव प्रमुख कार्यकारी अधिकृत, मेख बहादुर थापा र  सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।  

यस संगै रुरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल क्यापिटले गर्ने छ । 

रु रु जलविद्युत परियोजना, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भएको कम्पनी हो । यस परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ । रु रु सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७  पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved