नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2024 | 05:00:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता भएको छ। नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवीमा शुक्रबार सम्झौता भएको हो।

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका छन् ।


मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ नयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको श्रोत पुर्याउन आवश्यक रहेको सम्झौतामा उल्लेख छ । यस्तो अवस्थामा लगानी पुर्याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको जनाईएको छ ।


नेक्सजेन म्यानेजमेन्ट सोलुसन सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो। त्यसै गरी लगानी हब प्रा.लि. लगानीको नयाँ नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको श्रोत पुर्याउने गरी स्थापित कम्पनी हो ।


नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी मन्दिर रोडमा र लगानी हबको कर्पोरेट कार्यालय कमलपोखरीमा रहेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved