भिभोले मातातिर्थ औंशीको अवसरमा ल्यायो विशेष अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 04:49:05 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोले मातातिर्थ औंशीको अवसर पारेर बजारमा भिभो वाई ०३ ल्याएको छ । उक्त स्मार्टफोन स्लीक डिजाइन, शक्तिशाली कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्रीको मिश्रण रहेको बताइएको छ ।

सोमबारबाट देशभरका आधिकारिक रिटेल स्टोर र दराज अनलाईनमार्फत् उक्त स्मार्टफोन एकैपटक सार्बजनिक भएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ४+४ जीबीको एक्सटेन्डेड ¥याम र ६४ जीबीकोे जीबीकोे भण्डारण क्षमता रहेकोे उक्त स्मार्टफोनको  बजार मूल्य १३ हजार ४९९ रुपैयाँ छ। भिभो वाई ०३ मा ९० हर्जको रिफ्रेस रेटको साथ ६.५६ इन्चको इमर्सिभ डिस्प्ले रहेको छ । स्मार्टफोनमा सेल्फी र भिडियो कलका लागि ५ एमपी फ्रन्ट क्यामेरा पनि समावेश छ। 

हरेक आमाहरूको सम्मानमा भिभोले अर्को एक विशेष अफर पनि ल्याएको छ । भिभो वाई ०२ टि भने १२ हजार ९९९ रुपैयाँमा बजारमा उपलब्ध छ । कम्पनीले आमाको मुख हेर्ने दिन( मदर्स डे) मा आमालाई भिभोको स्मार्टफोन उपहार दिन र अनुहारमा मुस्कान ल्याउन भनेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved