कृषि धेरैको रोजाईमा नपर्ने पेशा । राजनीतिककर्मी र पढेलेखेकाहरुको त विकल्पहिन पेशामा गनिन्छ कृषि । भाषण र कोठे वहसमा कृषि क्रान्तिका जति सुकै चर्का कुरा सुनिए पनि कृषिको व्यवहारिक फिल्डमा रमाउनेहरुको संख्या निकै कम । राजनीति गरेर लामो समय लाभको पद लिएका व्यक्तिहरु पनि कृषिकर्ममा रमाउन थालेका खवरहरु पछिल्ला दिनमा सुनिन थालेका छन । कृषिलाई माया गर्ने र कृषिमा रगत पसिना वगाउने थोरै पूर्व विशिष्ट मध्येका एक पात्र हुन रोल्पाका पूर्व सांसद लेखनाथ आचार्य । आचार्यले कृषि मात्र रोजेनन । कृषि र वन संग संवन्धित टिमुर र कागती खेती आचार्यको रोजाईमा परेको छ ।
२०५६ सालको निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद लेखनाथ आचार्य उमेरले ६४ वर्ष पुरा भइसके । उनी अझैपनि जिल्ला स्तरको राजनीतिमा सक्रिय छन । लकडाउनको सदुपयोग गर्दै आचार्यले कृषिवाट दीगो आमदानी गर्ने योजना मात्रै वनाएनन त्यसलाई कार्यान्वयन गर्न आफै कस्सिर लागे । फलस्वरुप १ महिना नियमित आफै खटेर ७ रोपनी वढी जग्गामा टिमुर र कागती रोपनका लागि जग्गा तयार गरेका छन । वर्षातको सुरुवात संगै उक्त जग्गामा टिमुर र कागती खेती गर्ने तयारीमा छन उनी ।
पैत्रिक सम्पत्ती भएपनि मैले यस पूर्व कहिल्यै काम गर्न पाएको थिएन, लकडाउनले काम गर्ने साईत जुराई दियो लेखनाथ भन्छन । कागती खेतीका लागि जमिन, माटो र हावापानी उपयुक्त छ की छैन भनेर रोल्पा नगरपालिकाको कृषि प्राविधिकलाई देखाई सकेको छु लेखनाथले भने । टिमुर खेतीको संभाव्यताको वारे वन प्राविधिकवाट पनि जाँच गराउने योजना रहेको लेखनाथले सुनाए ।
मेहनत गर्न लाज मानेकै कारण हाम्रो ठूलो जनशक्ति देश वाहिर छ । गाउँघरहरु युवा विहिन छन । जग्गा जमिन सवै वाँझिएका छन । आफ्नो जग्गा जमिनमा छिटो प्रतिफल दिने वोटविरुवा रोपेर आत्मनिर्भर वन्न सकिन्छ पूर्व सांसद लेखनाथले भने । सरकारले वास्तविक किसानलाई अनुदान र प्राविधिक सहयोग दिनु पर्नेमा राजनैतिक पहुचका आधारमा वितरण गर्दाे यस्ता सेवा सुविधाले वास्तविक किसान मर्कामा परेको लेखनाथको गुनासो छ ।
२०५६ सालका माननीय । प्रतिनिधि सभाका सदस्य आचार्य माओवादी राजधानी रोल्पावाट नेपाली कांग्रेसको तर्फवाट माननीय हुने दोश्रो व्यक्ति हुन । त्यस अघि सुरेन्द्र हमाल मानीय भएका थिए । २०४६ सालको परिवर्तन पछि भएका संसदीय निर्वाचनहरु नेपाली कांग्रेसका लागि रोल्पा फलामको च्यूरा थियो । २०४८ सालमा तत्कालिन नेकपा एमाले र संयुक्त जनमोर्चा नेपालको गठवन्धनका उम्मेदवार वरमन वुढामगर र कृष्णवहादुर महरा निर्वाचित भएर रोल्पालाई लालकिल्ला वनाएका थिए । देशभर ९ स्थानमा मात्रै विजयी हासिल गर्ने तत्कालिन संयुक्त जनमोर्चा नेपालले रोल्पाका भने दुवै क्षेत्र कव्जा गरेको थियो । नेपाली कांग्रेसले आफ्नै वहुमतको सरकार विघटन गरे पछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा रोल्पामा तत्कालिन संयुक्त जनमोर्चा नेपालले वहिष्कार गरेको थियो । सो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वालाराम घर्ती र नेपाली कांग्रेसका सुरेन्द्र हमालले निर्वाचन जितेका थिए । यही थियो रोल्पामा नेपाली कांग्रेसको पहिलो जीत ।
जिल्लामा संयुक्त जनमोर्चा नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी वीच मुख्य प्रतिस्पर्धा थियो । तत्कालिन संयुक्त जनमोर्चा नेपाल नेकपा माओवादीले २०५२ साल फाल्गुन १ देखी सुरु गरेको सशस्त्र युद्धको समर्थन गर्दै संसदीय निर्वाचनमा सहभागित नहुने भयो । त्यो संगै जिल्लामा अव मुख्य तीन राजनैतिक दल वीच प्रतिस्पर्धा हुने भयो । नेपाली कांग्रेसका लागी निर्वाचन क्षेत्र नं. १मा रा.प्र.पा. र निर्वाचन क्षेत्र न २ मा नेकपा एमाले मुख्य प्रतिस्पर्धी थिए । २०५६ सालमा भएको संसदीय निर्वाचनमा लेखनाथ आचार्य रोल्पाको निर्वाचन क्षेत्र नं. १ वाट नेपाली कांग्रेसको प्रत्यासी वने । उनको प्रतिस्पर्धी रा.प्र.पा थियो । पंचायतको तीस वर्ष मात्र हैन वहुदलमा समेत पटक पटक सांसद जितिसकेका राप्रपा नेता वालाराम घर्तीमगर संग टकराव हुने भय थियो लेखनाथलाई । तर रराष्ट्रिय प्रजातन्त्र पार्टीवाट वालारामको सट्टा भूपनारायण घर्ती उम्मेदवार वने । राप्रपाकै नेता रेगवहादुर सुवेदी वागि उम्मेदवार वनेपछि लेखनाथलाई चुनाव जित्न सहज भयो । निर्वाचित भएसंगै उनको संसद यात्रा सुरु भयो । रोल्पा निर्वाचन क्षेत्र नं. २ वाट उनकै सहयात्री सुरेन्द्र हमालले निर्वाचन जितेका थिए । हमालको लागी रोल्पावाट संसद यात्रा दोश्रो भएपनि लेखनाथको भने पहिलो थियो । रोल्पावाट काठमाण्डौ जानै सकस । कतिवेला माओवादीको तारो भईने हो भन्ने चिन्ता थियो । सांसद निर्वाचित भएसंगै लेखनाथले सपथग्रहणका लागि रोल्पा छोडेर काठमाण्डौ लागे ।
लेखनाथ प्रतिनिधि सभा प्राकृति श्रोत साधन समितिका सभापति पनि भए । संसदीय समितिमा रहँदा उने प्राकृतिक श्रोत व्यवस्थापनका धेरै जनपक्षिय काम गरेको सम्झन्छन । जल र जंगल जस्ता नेपालका अपार प्राकृतिक श्रोतको उपयोगवाट देशलाई कसरी संवृद्धी वनाउन सकिन्छ भन्ने विषयमा छलफल हुन्थ्यो आचार्यले भने । संसदवापत मासिक १८ हजार तलव पाउथे उनले । माओवादी द्धन्दका कारण जिल्ला वस्न नसकेका कांग्रेस, राप्रपा र एमालेका समर्थन सुभचिन्तक र नेता कार्यकर्ता उनको काठमाण्डौ स्थीत डेरामा आउथे । जिल्ला फर्कन सकने अवस्था नभएका ती नेता कार्यकर्ताहरु महिनौ सम्म काठमाण्डौ वस्थे । उनीहरुको वसाई र खानपानमा सकिन्थ्यो लेखनाथको तलव । माओवादी सशस्त्र द्धन्द सत्सर्ग तिर जाँदै थियो । रोल्पा रुकुमका गाउँहरुमा त विपक्षी पार्टी समर्थकहरु वस्न सक्ने अवस्था नै थिएन, केही सदरमुकाम पुग्थे भने केही काठमाण्डौ । काठमाण्डौ गएकाहरुलाई हामीले खानपनि र वासको व्यवस्था गथ्र्यौ लेखनाथले भने ।
लेखनाथको संसद यात्रा २०५९ जेठ ७ सम्म जारी रह्यो । तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएसंगै लेखनाथको संसद यात्रा पनि रोकियो । राजा ज्ञानेन्द्रले २०५९ असोज १८मा शाही कु गर्दै शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरे । राजा ज्ञानेन्द्रले कहिले लोकेन्द्रवहादुर चन्द, कहिले सूर्यवहादुर थापा त कहिले शेरवहादुर देउवालाई प्रधानमन्त्रीको ललीपम दिन्थे, लेखनाथ संझन्छन । लोकतन्त्र पुर्नस्थापनाको आन्दोलनमा सात राजनैतिक दलसंग सहकार्य गरे पनि वीचमा केही दलले धोका दिएपनि लेखनाथहरुको सडक संघर्ष भने यथावत थियो । राजाको २०६१ माघ १९ को दोश्रो शाही कु पछि त सवै प्रजातान्त्रिक शक्तिहरुलाई सडकमा आउन वाध्य वनायो । उनको दल नेपाली कांग्रेस सहित ७ राजनैतिक दलको मोर्चा सडक आन्दोलनमा उत्रियो ।
आन्दोलन सशक्त वन्दै गयो । २०६१ साल चैत्र २६ गते देखी राजतन्त्र ढाल्ने गरि संघर्ष सुरु गरियो । त्यसको १९ दिने निरन्तर आन्दोलन पछि राजा ज्ञानेन्द्र २०६२ वैशाख ११ मा जनताको नासो जनतालाई सुम्पिन राजी भएपनि विघटित संसद समेत पुनरस्थापित भयो । लेखनाथको अवरुद्ध संसद यात्राले फेरि निरन्तरता पायो । अन्तरिम विधायकको रुपमा । उनी २०६४ सालको पाहिलो संविधान सभा निर्वाचनको मिति सम्म अन्तरिम विधायक वने ।
लेखनाथ संसद यात्रा सकिने वित्तीकै जिल्ला फर्किए । उनीसंगै काठमाण्डौ छिरेका कैयौं साथीहरु उतैको वासिन्दा भईसकेका थिए । लेखनाथ भने जनताको दुखः सुखमा साथ दिने भन्दै जिल्ला फर्किए । प्रहरी, प्रशासन, नापी, मालपोत, वैंक, अदालतको झंझटिलो कामवाट दुखः पाएका जनतालाई सहयोग गर्न अघि सर्थे लेखनाथ । टाढाटाढावाट पैदल यात्रा सहित दुख कष्ट सहेर आएका जनतालाई जिल्लामा वस्ने हाकिमहरुले समयमा काम नगरिदिदा समय र पैसाको वर्वाद देखेर मैले उनीहरुको सेवाभावले गर्ने काम अहिले पनि निरन्तर रहेको लेखनाथको दावी छ । कार्यालय खुलेको वेला मेरो काम जनताको दिनानु दिनको समस्या हल गर्नलाई भइरहेको छ लेखनाथ भन्छन । मैले घरको काममा समय दिन पाएको थिएन ।