जापानकी परराष्ट्रमन्त्रीको नेपाल आउने, कति दिन बस्छिन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 10:29:03 AM मा प्रकाशित

laxmi  sunrise bank

जापानकी परराष्ट्रमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएकी छिन् । जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिखमा सूचना जारी गर्दै विदेशमन्त्री खामिखावाले मे ५ तारिखमा नेपाल भ्रमणा गर्ने जानकारी दिएको छ ।

अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ तारिख श्रीलंकाको राजधानी कोलम्बो पुग्ने छिन् । त्यसको भालिपल्ट मे ५ तारिखमा नेपालको राजधानी काठमाडौँमा अवतरण गर्ने छिन् । 

नेपालमा उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

लगत्तै उनी सोही दिन टोकियो फर्कने जापानको विदेश मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved