दोहोरो अंकले बढ्यो नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 03:13:54 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार १४.३३ अंकले बढेर परिसूचक १९८०.२७ को विन्द्रुमा रोकिएको छ । 

आज २ अर्ब ६८ करोड २५ लाख ८६ हजार बढीको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै शेयर मूल्य पोखरा फईनान्सको बढेको छ । फोखरा फाईनान्सको शेयर मूल्य ९.८४ प्रतिशतले बढ्दा प्रोग्रेसिभ फाईनान्सको ७.६२, श्री ईन्भेष्टमेन्ट फाईनान्सको ६.८०, वेष्ट फाईनान्सको ६.७८ र किसान लघुवित्तको शेयर मूल्य ५.९३ प्रतिशतले बढेको छ । 

आज कारोबारमा आएका मध्ये १८० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ५५ कम्पनीको मूल्य घटेको छ । त्यसैगरी, ९ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । 

आइतबार फाईनान्स कम्पनीको उपसूचक सबैभन्दा धेरैले बढेको छ । फाईनान्सको उपसूचक ३.९८ प्रतिशतले बढ्दा विकास बैंकको २.२३ प्रतिशतले बढेको छ । 

आज  ट्रेडिङको बाहेक सबै उपसूचक बढेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved