सोमबार साझ काठमाडौँमा भिषण हावाहुरी चलेको छ। हावाहुरीका कारण आन्तरिक तर्फका जहाज काठमाडौँ स्थिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेको छैन ।
यो समाचार तयार पार्दासम्म जनकपुर, सुर्खेत, विराटनगर र भैरहवाबाट आएका जहाजहरु डाइभर्ट गरिएको छ। विराटनगरबाट काठमाडौँको लागि उडेको बुद्द एयरको BHA714 जहाज निजगढमा केहि फन्को मारेर पुन विराटनगर नै फर्किरहेको छ ।सुर्खेतबाट काठमाडौँको लागि उडेको श्री एयरलायन्सको SHA124 जहाज पनि निजगढ माथिको आकाशमा केहि फन्को मारेर अहिले विराटनगरतर्फ उडिरहेको छ ।
जनकपुरबाट काठमाडौँको लागि उडेको बुद्धएयरको BHA512 जहाज निजगढ माथिको आकाशमा केहि फन्को मारेर अहिले जनकपुरतर्फ उडिरहेको छ । भैरहवाबाट काठमाडौँको लागि उडेको बुद्धएयरको BHA812 जहाज पनि निजगढ माथिको आकाशमा केहि फन्को मारेर भैरहवा फर्केको छ ।