नेपालमा तेस्रो लगानी सम्मेलन सुरु भएलगत्तै चीनले नेपाली नागरिकलाई भिसा शुल्क नलिने घोषणा गरेको छ । सन् २०२४ को वेशाख १९ गते (मे १) देखि लागू हुने गरि नेपाली नागरिकले चीन जाँदा भिसा शुल्क तिर्नु नपर्ने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
चिनियाँ राजदूत चेन सोङले आइतबार ट्वीट गर्दै नेपाल र चीनबीचको मित्रतालाई थप प्रवर्धन गर्न र आपसी आवतजावतलाई थप सहज बनाउन नेपाली नागरिकलाई भिसा शुल्क नलिने निर्णय गरिएको उल्लेख गरेका छन् ।
तर, एक्सप्रेस शुल्क र सर्भिस शुल्क भने लाग्नेछ ।
ने्पालमा तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन चीनले गरेको यो घोषणालाई महत्वपूर्ण ‘आर्थिक कुटनीति’का रुपमा हेरिएको छ । लगानी सम्मेलनमा सहभागी हुन चीनबाट सबैभन्दा धेरै २६५ जना लगानीकर्ताहरु नेपाल आएका छन् ।