संजय महासेठको नेतृत्वमा अगाडी बढ्दै एम बैंक, नविनतम् सेवाहरु थप्ने प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 09:15:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी र बैंकलाई मोबाइल बैंकिंङसँग जोड्ने ‘एम बैंक’ अब एकल स्वामित्वमा अगाडी बढेको छ । साझेदारीमा सञ्चालन भईरहेको एम बैंक अब कम्पनीका संस्थापक सदस्य संजय महासेठको एकल स्वामित्वमा अगाडी बढ्ने भएको हो ।

सञ्चालनको ८ वर्ष पुगेर अब नवौं वर्षमा प्रवेश गर्दै गरेको एम बैंकलाई पछिल्लो समय बजारको अपेक्षा बढेकाले नयाँ ढंगले अगाडी बढाउन खोजिएको संस्थाका सञ्चालक तथा प्रबन्ध निर्देशक संजय महासेठ बताउँछन् । बजारको अपेक्षालाई पुरा गर्न संस्थालाई पनि नयाँ ढंगले अगाडी बढाउनुपर्ने भएकाले यसको संचालन तथा व्यवस्थापनमा पनि परिवर्तन गरिएको महासेठको भनाइ छ ।

समयको मागलाई  सम्बोधन गर्नकै लागि एम बैंकको पूर्ण स्वामित्व लिएको बताउँदै महासेठले आगामी दिनमा व्यवस्थापनलाई पनि थप चुस्त र दुरुस्त बनाईने बताएका छन् । स्वामित्वमा मात्रै नभई एम बैंकले दिंदै आएको सेवा सुविधामा नयाँ नयाँ फिचर पनि थपिएको महासेठले बताए । 

‘समयको मागलाई हेरेर नै हामीले यो चुनौतीपुर्ण निर्णय गरेका हौँ, एम बैंकलाई थप प्रतिस्पर्धी बनाउनकै लागि पूर्ण स्वामित्व लिएर नयाँ सेवा सहित आउँन लागेको हो, नयाँ वर्षमा हाम्रा सदस्य सहकारीहरुले मोबाइल बैङ्किङ्गको साथै नयाँ सेवा र फिचर पनि पाउनुहुनेछ’ महासेठले भने, ‘बैङ्किङ्ग क्षेत्र तुलनात्मक रुपमा पूर्ण रुपमा डिजिटाईजेसनमा गएको समयमा अर्थतन्त्रकै एउटा खम्बा मानिएको सहकारी पनि डिजिटलमैत्री हुनुको विकल्प छैन, हामि त्यो ग्याप पुरा गर्नेगरि काम गर्छौँ । स्वामित्वमा मात्रै नभई हामीले दिँदै आएका सेवामा पनि धेरै फिचर थपेका छौँ, एम बैंकको मोबाइल एप लिइरहेका सहकारीहरुले अब धेरै नयाँ डिजिटल वित्तीय सेव सुविधाहरु  पाउनेछन ।’

अहिलेसम्म आफ्ना सदस्य सहकारीलाई मोबाइल बैंकिंङसँग जोड्ने मात्र काम भएकाले यसलाई थप विस्तार गर्दै नयाँ नयाँ सेवा सुविधा पनि थपेर अगाडी बढिने उनले बताए । ईआरपी, भिडियो केवाईसी, लोन म्यानेजमेन्ट सिस्टम जस्ता नयाँ नयाँ सुविधा थपेर एम बैंकलाई नयाँ ढंगले विकास गरिने महासेठले बताए।

आफूसँग जोडिएका सबै सहकारीलाई नयाँ डिजिटल वित्तीय सेवा सुविधाहरु मोबाइलमार्फत उपलब्ध गराएको र आगामी दिनमा धेरै भन्दा धेरै बैंक तथा सहकारीलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको महासेठले बताए । उनकाअनुसार अहिले नेपालमा डिजिटल साक्षरता बढ्दै गरेको र आफ्नो एम बैंक प्लेटफर्मलाई निरन्तर अपडेट गरि सोही प्लेटफर्ममार्फत अत्याधुनिक सेवा सुविधाहरु सुपथ मूल्यमा दिने प्रतिवद्धता कम्पनीको छ ।  

एम बैंक एपमा अब  मल्टिपल रेमिटान्स सेवा, कस्टमर हेल्प, इ–कमर्स साथै अरु थुप्रै सेवा नयाँ सुविधानहरु समेटिएको महासेठले बताए । आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्न, त्यस्तै ईसेवा, खल्ती, सजिलो पे, प्रभु पे, आइएमई पे, माई पे जस्ता डिजिटल वालेटमा रकम लोड गर्न सकिने, विजुलीको बिल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटल बुक, क्यु आर भुक्तानी गर्ने, भिभिन्न सरकारी सेवाको पेमेन्ट गर्ने लगायतका सेवाहरु बिगत लामो समयबाट एम बैंकले दिँदै आएको  छ ।

काठमाडौँको बानेश्वरमा एउटा कोठा राखेर एसएमएस बैंकको सेवा दिएर सञ्चालनमा आएको एम बैंक अहिले ६०० बढी सहकारी र सहकारीका लाखौं सदस्यहरुलाई मोबाइल बैंकिंङको सेवा दिएर देशैभर पुग्ने कम्पनी बनेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved