सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 12:11:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजीले बिएलडिसि सिलिङ्ग फ्यान पहिलो पटक बजारमा ल्याएको छ । ूस्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडेू भन्ने नाराको साथ कम्पनीले सिलिङ्ग फ्यान बजारमा ल्याएको हो । 

कम्पनीका अनुसार यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत हुन्छ । यस्तै पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ । 

उक्त सिलिङ्ग फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसि टेक्नेलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ ।  

नेपालमा त्यही पनि तराई जस्तो ठाउमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्दछ । यस्तो अबस्थामा फ्यान पनि सोहि अनुसार धुम्ने गर्दछ । यहि अबस्थालाई मध्यनजर गरी यो सिलिङ्ग फ्यान ल्याइएको हो । यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान रहेको छ ।  

रिमोटको सुबिधा युक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ बर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।  

नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved