सरकारले सहसचिव हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले धानको समर्थन मूल्य पनि तोक्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रीपरिषद्ले गरेका निर्णयहरु:
१ . आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि रु। ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि रु। ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु। ६० अर्ब र स्थानीय तहहरूको लागि रु ८८ अर्ब स्वीकृत गर्ने ।
२. नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा श्री ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने ।
५. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा श्री हरिप्रसाद लम्साललाई बढुवा गर्ने ।