लगानी सम्मेलनमा बसन्त चौधरीको विएलसी होल्डिङ्स र भारतका अर्बपति दाजु भाइको योट्टा डाटा सर्भिसबिच ३ अर्बको लगानी सम्झौता भएको छ । ३ अर्ब लगानीमा नेपालमा बनाइने डाटा सेन्टरको लागि लगानी सम्मेलनको उटघाटन सत्रमा सम्झौता भएको हो ।
सम्झौतामा बसन्त चौधरीको विएलसी होल्डिङ्सको तर्फबाट मेघा चोधरीले हस्ताक्षर गरेकी छिन् । योट्टा डाटा सर्भिस फोर्व्समा सूचीकृत अर्बपति दाजु निरन्जन हिरानन्दानी र भाई सुरेन्द्र हिरानन्दानीको हिरानन्दानी समूहको हो ।