काठमाडौँमा भिषण हावाहुरी: जनकपुर, सुर्खेत, भैरहवा र विराटनगरबाट आएका प्लेन ल्याण्ड हुन सकेनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 08:04:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार साझ काठमाडौँमा भिषण हावाहुरी चलेको छ। हावाहुरीका कारण आन्तरिक तर्फका जहाज काठमाडौँ स्थिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेको छैन 

यो समाचार तयार पार्दासम्म जनकपुर, सुर्खेत, विराटनगर र भैरहवाबाट आएका जहाजहरु डाइभर्ट गरिएको छ। विराटनगरबाट काठमाडौँको लागि उडेको बुद्द एयरको BHA714 जहाज निजगढमा केहि फन्को मारेर पुन विराटनगर नै फर्किरहेको छ ।सुर्खेतबाट काठमाडौँको लागि उडेको श्री एयरलायन्सको SHA124  जहाज पनि निजगढ माथिको आकाशमा केहि फन्को मारेर अहिले विराटनगरतर्फ उडिरहेको छ 

जनकपुरबाट काठमाडौँको लागि उडेको बुद्धएयरको BHA512 जहाज निजगढ माथिको आकाशमा केहि फन्को मारेर अहिले जनकपुरतर्फ उडिरहेको छ । भैरहवाबाट काठमाडौँको लागि उडेको बुद्धएयरको BHA812 जहाज पनि  निजगढ माथिको आकाशमा केहि फन्को मारेर भैरहवा  फर्केको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved