लक्ष्य एशिया कप: गत वर्ष फाइनलमा भिडेका नेपाल र युएई यस पटक सेमिफाइनल मै भिड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2024 | 07:47:26 PM मा प्रकाशित

laxmi  sunrise bank

ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल र युएई भिड्ने भएका छन्। समुह चरणको सबै खेल सकिंदा नेपालले युएईलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो । समुह चरणको पछिल्लो खेलमा ओमानले कुवेतलाई ४६ रनले हराएसंगै यो समीकरण तयार भएको हो । 

समुह ए मा रहेको नेपाल समुह चरणको सबै ४ खेल जित्दै ८ अंक सहित समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समुह बि मा रहेको युएई भने ४ मध्ये ३ खेल जित्दै ६ अंकको साथ समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समुह ए को बिजेता र समुह बि को उप बिजेता सेमिफाइनलमा खेल्ने भएकोले सेमिफाइनलमा नेपाल र युएई भिड्ने भएका हुन् 

दोस्रो सेमिफाइनलमा भने ओमान र हंगकंग भिड्ने भएका छन् । समुह बि मा रहेको ओमान सबै ४ खेल जितेर ८ अंक सहित समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो । समुह ए मा रहेको हंगकंग भने ४ मा २ खेल जितेर ४ अंक सहित उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । 

यो प्रतियोगितामा नेपाल सहित १० वटा टिम सहभागी रहेका थिए । जसमा समुह ए मा नेपाल सहित हंगकंग, मलेशिया, कतार र साउदी अरेबिया थिए। समुह बि मा बहाराइन, कम्बोडिया, कुवेत,ओमान र युएई थिए । दुवै समुहका समुह बिजेता र उप बिजेताले सेमिफाइनलमा स्थान बनाउने प्रावधान थियो। प्रतियोगिताको फाइनल जित्ने टिमले एशिया कप खेल्न पाउने छ।  

 प्रतियोगिताको पहिलो सेमिफाइनल वैशाख ७ गते, दोस्रो सेमिफाइनल वैशाख ८ गते र फाइनल खेल वैशाख ९ गते हुने छ।  यस अघिको प्रिमियर कप जित्दै नेपालले एशिया कपमा सहभागी जनाएर एशिया कप खेलेको थियो । जसमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो । यस पटक पनि नेपाल उपाधि जित्दै फेरी एशिया कप खेल्ने लक्ष्यमा छ। 

यस अघिको प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई नै हराएको थियो । यस अघि फाइनलमा भिडेका यी २ टिम अब भने सेमिफाइनल मै भिड्ने भएका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved