'चेम्बर सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 04:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले १ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्र्दभमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पुर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ ।

श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । नेपालको  संविधान २०७२ ले श्रम सम्वन्धी हकलाई पनि मौलिक हकका रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । श्रम सम्बन्धी ऐन नियमहरुमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्वन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ । 

चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसंग माग गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ स्वस्थ्य सेवामा श्रमिको पँहुच सहज बनाउनका लागि विशेष पहल हुन जुरुरी छ, ।’

सरकार, निजी क्षेत्र र श्रमिक बर्गको संयुक्त पहलबाट मात्रै मुुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धि मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved