यस्तो छ आगामी टि २० विश्वकपको लागि भारतको टिम, जुन ९ मा पाकिस्तानसँग खेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 04:13:49 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेट बोर्ड बिसिसिआईले आगमी टि २० विश्वकपको लागि भारतीय क्रिकेट टिमको घोषणा गरेको छ । आज रोहित शर्माको कप्तानीमा टिम घोषणा गरिएको हो 

टिमको उपकप्तानमा हार्दिक पाण्डे रहेका छन् भने विकेटकिपरमा रिसब पन्त र संजु सामसन रहेका छन् । त्यस्तै अन्य खेलाडीमा यजश्वी जैसवाल, विराट कोहली, सुर्य कुमार यादव, शिवम दुबे, रबिन्द्र जडेजा, अक्षर पटेल, कुलदिप यादव, युजवेन्द्र चहल, अश्रदिप सिंह, जसप्रित भुमराह र मोहम्मद सिराज रहेका छन् । वैकल्पिक खेलाडीमा शुभनम गिल, रिंकु सिंह, खलिल एहमद् र , अभेश खान रहेका छन्। 

टि २० विश्वकप आगामी जुन २ अर्थात् जेठ २० गतेदेखि अमेरिका र वेस्टइन्डिजमा हुँदै छ । भारत समुह ए मा रहेको छ । समुह ए मा भारत संगै क्यानाडा, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । जुन ९ मा भारत र पाकिस्तान खेल्ने छन्  । 




Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved