उद्योग व्यवसायी महासंघको अध्यक्षमा सापकोटा चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 04:35:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको भातृसंगठन नेपाल उद्योग तथा व्यवव्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन् । पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव रहेका थिए ।

नयाँ कार्यसमितिको महासचिवमा बालकृष्ण सिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन् । सिवाकोटी मेगा बैंकका पूर्व संचालक एवम् कालिन्चोक केवलकारका अध्यक्ष हुन भने पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रवन्धक हुन्।

एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरु यस महासंघमा आवद्ध छन् । ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सन्जाल रहेको सो महासंघमा ११ वटा वस्तुगत संघहरुमा समेत गरी कुल ७० हजारभन्दा बढी सदस्यहरु छन् ।

यसअघि सांसद एलपी साँवा अध्यक्ष रहेकोमा महाधिबेशन हुन नसकेकाले सापकोटालाई अध्यक्ष बनाई तदर्थ समितिको रुपमा रुपमा महाधिवेशन गराई नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइएको हो । नयाँ समितिमा पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । 

नयाँ समितिले विधिपूर्वक ६ महिनाभित्र महाधिवेशन गराउने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved