सहकारी ठगी प्रकरणमा राप्रपा सांसद बस्नेतमाथि पक्राउ पुर्जी जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 01:09:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको छ  । नवलपुर जिल्ला अदालतले उनी माथि पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ

सांसद बस्नेतमाथि नवलपुर स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको छ। बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरेको थियो। ठगीमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरे बमोजिम अदालतले उनी विरुद्द पक्राउ पुर्जी जारी गरेको हो। सांसद पक्राउ गर्नु पर्दा संघीय संसद् सचिवालयको अनुमति लिएर पक्राउ गर्नुपर्ने कानुनी व्यवस्था छ। बस्नेत राप्रपाको तर्फबाट समनिपतिक सांसद हुन् 

सो सहकारीको रकम अपचलन गरि कृष्णसार नामक रिसोर्टमा लगानी गरेको बताईएको छ। छिपछिपे सहकारी ठगी प्रकरणमा सञ्चालक योगेन्द्र पाण्डे, नगेन्द्रबहादुर रिमाल, विकास सापकोट, कृष्ण ज्ञवाली, सञ्जीवकुमार महतोलगायत पक्राउ परिसकेका छन्।




Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved