रामेछाप र दोलखाबासीले खिम्ती आयोजनाको शेयर पाउँछन्ः कुलमान घिसिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2024 | 09:17:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले खिम्ती खोला जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखा बासीले शेयर पाउने बताएका छन् ।

दोलखा जिल्लाका जलविद्युत आयोजनाहरूबाट प्राप्त अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक घिसिङले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत आयोजनाको स्वामित्व प्राधिकरण मातहत आएपछि रामेछाप र दोलखा बासीले यो परियोजनामा सेयर पाउने बताएका हुन् । उनले सन् यो परियोजनाको ५० प्रतिशत स्वामित्व २०२१ मा नै विद्युत प्राधिकरणमा आउनुपर्ने भए पनि अहिलेसम्म आउन नसकेको बताए ।

उनले आयोजना सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए, पीटिए र पीए सबै विषयमा छलफल भइरहेको बताउँदै आयोजनालाई प्राधिकरणको स्वामित्वमा ल्याउन प्रयास गरिरहेको दाबी गरे । प्राधिकरण र प्रवर्द्धक कम्पनी हिमाल पावरबीच छलफल भइरहेको बताए ।

‘खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने हो, सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए, पीटिए र पीए सबैमा छलफल भइरहेका थिए । कोभिड आएपछि समस्या भयो । अहिले हामी धेरै प्रयास गरिरहेका छौं । त्यसमा उहाँहरुले अझ बेटर अप्सनहरू दिइराख्नुभएको छ । त्यो अहिले बाहिर नल्याऔँ । यो नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई दिने भन्ने शेयर म पनि त्यसकै पक्षमा छु । त्यो शेयर आउँछ । वैदेशिक लगानीमा निर्माण सम्पन्न भएको ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि त्यो आउँछ’ कुलमानले भने ।

उनले तामाकोशी ५ जलविद्युत आयोजनाको पनि ठेक्का लागेको र यसमा १० प्रतिशत शेयर दोलखा बासीले पाउने पाउने बताए । प्रशारणलाइनको विषयमा केही असमतिहरु भए पनि यसलाई दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफलमा गरेर दोलखालाई पुग्ने प्रसारण लाइन बन्ने घिसिङको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved