कृति भेन्चर फण्डले आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 08:53:50 AM मा प्रकाशित

laxmi  sunrise bank

कृति भेन्चर फण्डले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जेठ ८ गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।

सभाले आईपीओ निष्काशन गर्नको लागि गर्नु पर्ने सबै कामको अख्तियारी संचालक समितिलाई दिने छ । सभामा लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुने छ । साथै कम्पनी मर्जरको प्रस्ताव पनि पेश हुने छ ।

यस कम्पनीले ६.८२ मेगावाटको अपर स्याङगे हाइड्रोपावर लिमिटेड, ६.८२ मेगावाटको हिडीखोला हाइड्रोपवर लिमिटेड, ५.२ मेगावाटको दोभान खोला हाइड्रोपावर लिमिटेड र क्लिन सिटी भेईकल सर्भिस कम्पनीमा शेयर लगानी गरेको छ ।

कृति भेन्चर फण्ड लिमिटेडको मुख्य लगानीकर्ता टिम भेन्चर प्रालि हो । टिम भेन्चर प्रालिले फुडमान्डु, व्ह्याइट लोट्स मोटर्स, नेपाल वेयर हाउसिङ कम्पनी, माछापुच्छ्रे क्यापिटल, पशुपति रिन्युएबल्स, रिम ट्रेडिङ, कृति भेन्चर फण्ड, वाइजयाक सोलुसन, टिम एडभाईजर्स लगायतका कम्पनीमा शेयर लगानी गरेको छ । टिम भेन्चरले रियल स्टेटमा पनि लगानी गरेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८०/०८१ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बारे । (प्रस्तावित वोनस शेयरको कर प्रयोजनार्थ)

५. संचालक समिति सदस्य नियुक्ती सम्बन्धी मिति २०८०/०५/०५ गते संचालक समितिबाट भएको निर्णयलाई अनुमोदन गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव :

१. बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।

२. सर्वसाधारणलाई साधारण शेयरको प्राथमिक सार्वजनिक निष्काशन (IPO) जारी गर्ने सम्बन्धमा ।

३. सर्वसाधारणलाई साधारण प्राथमिक सार्वजनिक निष्काशन (IPO) जारी गर्नको लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी सम्बन्धित निकायबाट स्वीकृत गराउनको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

४. कम्पनी गाभ्ने/गाभिने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved