इजराइलद्वारा ईरानमाथि मिसाइल आक्रमण : रिपोर्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 08:58:44 AM मा प्रकाशित

laxmi  sunrise bank

इजरायलले इरानमाथि मिसाइल हमला गरेको छ।  अमेरिकी प्रसारक एबीसी न्यूजका अनुसार इजरायलले इरानको एक साइटमा मिसाइल आक्रमण गरेको हो।  इरानको अर्ध-आधिकारिक फार्स समाचार एजेन्सीले इस्फाहान प्रान्तमा विष्फोट भएको जानकारी दिएको छ र राज्य टेलिभिजनले धेरै शहरहरूमा उडानहरू निलम्बित गरेको छ। इरानी समाचार एजेन्सीका अनुसार शुक्रबार बिहान इरानको उत्तर-पश्चिमी सहर इस्फाहानमा विस्फोटको आवाज सुनिएको थियो।

अमेरिकी अधिकारीहरूले यो जानकारी बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीसी न्यूजलाई दिएको बिबिसीले लेखेको छ।  समाचार एजेन्सी एपीका अनुसार इरानी सञ्चारमाध्यममा पनि धेरै सहरहरूमा उडानहरू रद्द गरिएको खबर आएको छ।

गत आइतबार इरानले इजरायलमा करिब ३०० मिसाइल र ड्रोन प्रहार गरेको थियो । इजरायलले इरानले प्रहार गरेका सबै ड्रोन र मिसाइललाई खसालेको दाबी गरेको थियो ।तर, यसपछि मात्र इजरायलले सही समय आएपछि इरानको कारबाहीको पक्कै जवाफ दिने दाबी गर्दै आएको थियो।  अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा हमला भएको थियो । यस हमलामा एक वरिष्ठ जनरल सहित कुल १३ जनाको मृत्यु भएको थियो।

इरानले यस आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ । तर, इजरायलले सो आक्रमणको प्रत्यक्ष जिम्मेवारी लिएको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved