अर्थ मन्त्रालयका दुई जना सहसचिवको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्दा अर्थ मन्त्रालय अन्तर्गतका २ जना सहसचिवको सरुवा भएको हो ।
जस अनुसार अर्थ मन्त्रालयका सहसचिव रमेश शर्मा पौडेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएको छ। त्यस्तै अर्थ मन्त्रालय कै सहसचिव लक्ष्मी प्रसाद निरौलाको उद्योग मन्त्रालयमा सरुवा भएको छ ।
उद्योग मन्त्रालयका सहसचिव बाबुराम गौतम र भरतपुर महानगरमा प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत नरेन्द्र कुमार रानाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।