तबलभत्तामा हुने खर्च घटाउन ‘एआई’को प्रयोग गर्ने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 10:12:27 AM मा प्रकाशित

laxmi  sunrise bank

१६औँ पञ्चवर्षीय योजना (वि.सं. २०८१–२०८६) मा चालु खर्च घटाउन ‘एआई’को प्रयोग बढाउने विषय समावेश गरेको छ । आज बसेको राष्ट्रिय विकास परिषदको बैठकमा योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६औँ योजनाबाट चालु खर्च घटाउन कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरिने योजना सुनाएका हुन् । चालु खर्च भनेको तलबभत्तामा हुने खर्च हो ।

राष्ट्रिय योजना आयोगले तयार पारेको १६औँ पञ्चवर्षीय योजनाको मूलभूत विषयहरु सार्वजनिक गर्ने क्रममा उपाध्यक्ष डा. श्रेष्ठले ‘चालु खर्च व्यवस्थापन गर्नेगरी कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गर्ने’ विषय पनि उल्लेख रहेको जानकारी गराएका हुन् ।

राष्ट्रिय विकास परिषदको बैठकबाट १६औँ पञ्चवर्षीय योजना स्वीकृत भएपछि बैशाख अन्तिममा दस्ताबेज प्रकाशित हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved