विस्फोटक पदार्थको उपलब्धता सहज बनाउन समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 09:27:52 AM मा प्रकाशित

laxmi  sunrise bank

विकास आयोजनाहरूले भोगिरहेको विस्फोटक पदार्थको उपलब्धता एवम् प्रयोगलाई सहज बनाउन समिति गठन भएको छ । 

राष्ट्रिय विकास समस्या समाधान समितिको बिहीबारको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले विस्फोटक पदार्थ उपलब्धता र प्रयोग थप प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै समिति गठन प्रस्ताव गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले यो प्रस्ताव अनुमोदन गरेको छ ।

समितिमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि रहने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved