यस्तो छ नेपाल टेलिकमको नयाँ अफर, नयाँ भ्वाइस तथा डाटा प्याकेज सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 01:40:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले स्प्रिङ अफर २०८० (Spring Offer 2080) अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु सार्वजनिक गरेको छ। यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको उल्लेख गरेको छ । स्प्रिङ अफर आज (२०८० चैत ३०) देखि लागु भएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार रु. १८ मा १ दिन सम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ भने रु. ३५ मा २ घण्टा सम्म प्रयोग गर्न सकिने 2 Hour Unlimited Data Pack उपलब्ध छ । यी वाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् । नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४ मा 1 Hour Voice and Data Package उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन-नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी रु.२० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु.८० मा ३ दिन सम्म चलाउन सकिने तथा रु. १०९ मा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी वाहेक रु. ३९९ मा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ टेलिकमले जनाएको छ। त्यस्तै जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने टेलिकमले जनाएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी (Vo-LTE) भ्वाइस कल र ५० अन-नेट एसएमएस सुविधा उपलब्ध हुने टेलिकमले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved