एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको छ । आज भएको खेलमा साउदीलाई हराउँदै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
नेपाल समूह ‘ए’बाट सबै ४ खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।
साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा गुलशन झाले सर्वाधिक ३२ रनमा र रोहित पौडेल १६ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल डक आउट हुँदा आसिफ शेख र कुशल मल्ल पनि २–२ रनमा आउट भए ।
नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गर्दै जिततर्फ डोहोर्याएका थिए । दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए ।
टस हारेर ब्याटिङ गरेको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।
वर्षाका कारण खेल ८ ओभरमा झारिएको थियो ।