घट्यो डिजेल र मट्टीतेलको मुल्य, मध्यरातिदेखि नयाँ मूल्य लागू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 09:19:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य घटाएको छ। आज मध्यरातिदेखि घटेको मुल्य लागु हुने निगमले विज्ञप्ती मार्फत जनाएको छ। निगमकाअनुसार भारतबाट घटेको मुल्य आएकोले नेपाली बजारमा पनि आज मध्यरातिदेखि लागू हुनेगरी मट्टीतेल र डिजेलको मुल्य घटाईएको हो। 

निगमकाअनुसार मट्टीतेल र डिजेलको मुल्य प्रति लिटर २ रुपैयाँले घटेको छ। तर   आन्तरिक तर्फको हवाई इन्धनको मुल्य पनि प्रति लिटर १ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रियतर्फ प्रति किलो लिटर ७ डलरले घटेको छ। 

घटेको मुल्यअनुसार अब डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर पहिलो वर्ग १५६ , दोस्रो वर्ग १५८ र तेस्रो वर्ग १५९ कायम गरिएको छ। 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved