नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार ५९ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज घोराही सिमेन्टको बोनस शेयर सुचिकृत भएको हो ।
आज घोराही सिमेन्टको १५ प्रतिशतले हुन आउने ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।