सांसद खतिवडा जसले २६ महिनाको १६ लाख तलब जिल्लाबासीको लागि खर्च गरे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 10:35:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ramhari khatooda

 

हामीले केहि सांसदले आफ्नो एक दुई महिनाको तलब जिल्लाबासीका लागि खर्चिएको वा अन्य कुनै प्रयोजनको लागि सहयोग गरेको त् सुनेकै छौ । तर कोहि सांसदले २६ महिनाको तलब जिल्लाबासीको नाममा खर्च गरे भनेको सुन्दा अनौठो लाग्न सक्छ । तर ओखलढुंगा क्षेत्र नं २  का सांसद रामहरी खतिवडाले भने आफ्नो २६ महिनाको १६ लाख ६५ हजार रुपैया तलब जिल्लाका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई वितरण गरेका छन्  ।

 

दोस्रो संबिधानसभाको निर्वाचनका बेला उनले आँफुले चुवाव  जितेको खण्डमा उनले आफ्नो तलबको  भागीदार आँफु नभई निर्वाचन क्षेत्रका गाउँलेहरु हुने बताएका थिए ।  सोहि अनुरुप नै उनले आफुले गरेको खर्च विवरण सोमबार सार्वजनिक गरेका हुन ।

 

 सोमबार विवरण सार्वजनिक गर्दै खतिवडाले भने, ‘मलाई माननीय बनाउने मेरो जिल्लाका आदरणिय आम(बुवा दाजुभाई दिदी बहिनी हुन , त्यसकारण म २६ महिना सम्मको तलब गाउमानै वितरण गर्न चाहान्छु ।’ २०७० सालको निर्वाचनमा ओखलढुंगा क्षेत्र नं २ बाट नेपाली कांग्रेसको तर्पmबाट खतिवडा निर्वाचित भएका थिए । आफु निर्वाचित हुनुमा ओखलढुंगेली जनताको ठूलो हात र सहयोग भएको कारण सांसदका नाताले पाउने तलबको भागिदार आफु नभएर ओखढुंगेली जनता भएको भन्दै उक्त रकम जिल्लामा बाडेको बताएका छन ।

 

रामहरी आफै व्यवसायी हुन । उनले विभिन्न रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा उनको लगानी छ । त्यही व्यवसायबाट भएको आम्दानीबाट खतिवडाले खर्च गर्ने गरेका छन ।

 

खतिवडाले वितरण गरेको आफ्नो तलवको विवरण यस प्रकार छ ।

१ बल बहादुर राइ सालीक निर्माण ५० हजार ओखलढुङ्गा

२ कृष्ण प्रसाद भट्टराई स्मृति प्रतिस्ठान ५० हजार ललितपुर

३ दिपप्रसाद खतिवडा क्यान्सर खर्च बारम्बार गरी ५० हजार

४ शान्ता उपन्यास लेखक पुरुसोतम दाहाल ५० हजार

५ वाक्सा बत्ती दुवानी खर्च ८० हजार

६ उबु गाबिस खुल्ला दिशा मुक्त कार्यक्रम ४० हजार

७ केतुके पुस्तकालय ५० हजार

८ मानेभन्ज्याङग उच्च मा बि ४० हजार

९ धिमिले नि मा बि ४० हजार

१० मुलखर्क पारा मा बि ४० हजार

११ पलापु उच्च मा बि कपि कलम ५१ हजार

१२ पुनटार मन्दिर १० हजार

१३ पोकलि मा. बि. ४० हजार

१४ टारकेरबारि सिचाइ पाइप ५६ हजार

१५ यसम नि मा बि वर डाडा ५० हजार

१६ नरबदेशोर ट्रान्समिटर्र ्किन्न ५६ हजार

१७ घोराखोरी – १ गुम्बा संरक्षणका लागि ५० हजार

१८ फुलबारी खानेपानी ४० हजार

१९ बिलन्दु गुम्बा संरक्षणका लागि ४० हजार

२० रगनि चिप्लेटि स्कुल ५० हजार

२१ श्रीचौर गुम्बा ५० हजार

२२ रातमाटे कालिमाटि मा बि ४० हजार

२३ कटुन्जे गोपे भुकम्प पिडितलाइ खाधान्न १ लाख

२४ पारा भुकम्प पिडितलाइ खाधान्न २ लाख

२५ रामपुर खेल मैदान १ लाख

२६ नख्खु जेलमा लिला ठगि र गोकर्ण शालिकलाइ ४० हजार

२७ सिहदेबि गा बि स को आगलागि पिडित ८४ हजार र मन्दिर्लाइ ८ हजार

२८ गाम्नाङ्टार गा बि स को ग्रामोन्ति नि मा बि लाइ १ लाख

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved