समृद्धि फाइनान्सले औरही शाखाबाट स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
वैशाख २६ गते बुधवार औरहीको पिस जोन विद्यालयका १२५ जना विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे फाइनान्सले जनाएको छ।
फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये वनेपा र मधुवन शाखाबाट गत हप्ता स्टेशनरी वितरण कार्यक्रम अन्तर्गत विपन्न वर्गका ७० विद्यार्थिलाइ कापी र कलम वितरण गरिसकेको छ ।
साथै वैशाख महिना भित्र आफ्ना गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने ।