नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) ले शुक्रबार १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रम इटाली र नेपालबीच बलियो व्यवसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा महत्वपूर्ण कदम सावित भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री रेखा शर्माको साथ अन्य अतिथिहरुको साथै दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । त्यसै गरी, नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, र इटालीका लागि नेपाल का महावाणिज्य दुत प्रतिमा राणा पाण्डेज्यु लगायत एनआईसीसीआईका अन्य प्रमुख व्यक्तित्वहरूलाई चेम्बरको उद्देश्यप्रति उहाँहरुको अटल प्रतिबद्धताको लागि यस सभामा सम्मान गरिएको थियो ।
कार्यक्रममा रेखा शर्माद्धारा “एनआईसीसीआई डाइरेक्टरी” को अनावरण भएको थियो, जुन चेम्बर अन्तर्गत भएका विकास र परिष्कृत संयोजकतालाई झल्काउँछ ।
साथै, सभामञ्चमा नवनियुक्त सदस्यहरूलाई स्वागत र सम्मान गर्नुका साथै एनआईसीसीआईको नेपाल र इटालीबीचको व्यापार र लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यप्रति उहाँहरुको समर्पणको प्रमाणको रुपमा सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा काजी श्रेष्ठ, प्रतिमा पाण्डे र माननीय रेखा शर्मा लगायत विशिष्ट वक्ताहरूले एनआईसीसीआईले विगत वर्षमा हासिल गरेका उपलब्धिहरू बारे छलफल गरेका थिए । उक्त छलफलमा नेपाल र इटालीबीच आर्थिक वृद्धि र फलदायी साझेदारीलाई अझ वृद्धि गर्ने चेम्बरको प्रयासलाई जोड दिइएको थियो ।