सुनको भाउ हालसम्मकै महँगो, कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 10:35:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । बिहिबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १९ हजार ४ सय ३० पैसा, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार ८२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ७४ रुपैया तोकेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved