रोकिएन सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम, आज पनि रच्यो इतिहास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 10:44:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो । 

त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ८५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार २९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ४४.५० रुपैयाँ तोकेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved