‘शो–केश’मा खिम्ती–ठोसे–शिवालयः खिम्ती बजार नजिक बाँध बाँधिने, गर्जाङको बस्ती हटाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 03:21:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजनमध्ये दोस्रो ठूलो परियोजना हो खिम्ती–ठोसे–शिवालय जलाशयुक्त जलविद्युत आयोजना । लगानी सम्मेलनमा प्रस्तुत गर्न राखिएका परियोजनामध्ये मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१,९०२ मेगावाट) पछि सबैभन्दा ठूलो आयोजा नै १,२१६ मेगावाटको खिम्ती–ठोसे–शिवालय जलाशयुक्त जलविद्युत आयोजना हो । 

रामेछाप र दोलखा जिल्लाको सीमा क्षेत्रमा पहिचान भएको यो परियोजनाको  प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ । यो आयोजनाको विकास र सञ्चालनका लागि बंगलादेशका लगानीकर्ताले चासो देखाएका छन् । उनीहरुले अरुण–३ कै मोडालिटीमा खिम्ती–ठोसे–शिवालय जलाशयुक्त जलविद्युत आयोजना बनाउन चासो दिएका छन् ।

दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सीमा भएर बग्ने खिम्ती खोलामा बाँध बाँधेर यो आयोजना निर्माण हुनेछ । ठोसे शिवालयमा खिम्ती नदीमा ड्याम बनाएर विद्युत उत्पादन गर्न सकिने विद्युत विकास विभागको निष्कर्ष छ । 

यो परियोजनाको लागत २ खर्ब ८९ अर्ब ७७ करोड लाग्ने अनुमान गरिएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बनाइने आयोजनाको पेब्याक पिरियड १९.३१ वर्ष रहने प्रक्षेपण गरिएको छ ।

यसको फिजिबिलिटी अध्ययन २०२४ सेप्टेम्बरबाट थालिने बताइएको छ । 

१,२१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय जलाशयुक्त जलविद्युत आयोजना निर्माण हुँदा गर्जाङ देउराली उपत्यकाको बस्ती विस्थापित हुनेछ । त्यस्तै अहिले सञ्चालनमा रहेका केही जलविद्युत आयोजनासमेत प्रभावित हुनसक्ने देखिएको छ । 

बाँधको उचाइ २३१ मिटर हुनेछ । प्रस्तावित बाँधस्थल खिम्ती बजारबाट १० किलोमिटर माथि खिम्ती र तामाकोशी नदीको संगमस्थल नजिक छ । खिम्ती बजार मन्थलीबाट १४ किलोमिटर उत्तर पूर्वमा छ ।

ड्याम भने रामेछापको शिवालयमा बनाइनेछ । करिब १४ किलोमिटर सुरुङमार्ग निर्माण गरेर विद्युत उत्पादन गरिनेछ । यस आयोजनाको वार्षिक ऊर्जा उत्पादन १४११.३५ गिगावाट परआवर हुने प्रक्षेपण छ ।

यो आयोजना निर्माण सुरु भएको ८ वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved