जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2024 | 08:01:08 PM मा प्रकाशित

laxmi  sunrise bank

शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्सले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग सम्झौता गरेको छ । सम्झौता सँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ ।

सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको जनाएको छ ।  कम्पनीका अनुसार नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेका छन् ।

बोल्टका स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन् भने टिडब्लुएस् इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७० र एक्स ४५ मोडलहरु उपलब्ध रहेका छन् ।

यसबारे बोल्दै जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जाटियाले यो सहकार्यले ग्राहकहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउने प्रतिबद्धतालाई अझ बलियो बनाएको दाबी गरे । त्यस्तै बोल्टका सह–संस्थापक वरुण गुप्ताले जगदम्बा मोबाइल्ससँग विशेष सहकार्य गर्न पाउँदा अत्यन्तै हर्षित भएको उल्लेख गरे । उनले यस सहकार्यले नेपाली युवाहरुलाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने साझा प्रतिबद्धतालार्ई प्रतिविम्बित गरेको बताए । 

सबै मोडलहरु बुधबारबाट दराज लगायत जगदम्बा मोबाईल्सका आधिकारिक रिटेलरहरुमा आकर्षक मूल्यमा उपलब्ध छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved