राष्ट्र बैंकको विराटनगर कार्यालयद्वारा रक्तदान कार्यक्रम सम्पन्न, हाजिरीजवाफ पनि गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 10:37:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा  रक्तदान कार्यक्रम गरेको हो।

बैंकको सभाहलमा भएको कार्यक्रममा बैंकका कर्मचारी, भुपु कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी लगायत २३ जनाले रक्तदान गरेको कार्यालयले जनाएको छ। कार्यालयले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

त्यस्तै वार्षिकोत्सवको अवसरमा कार्यालयले अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । वैशाख १२ गते बैंकको सभाहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा १५ बैंकले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमलाई वैशाख १४ गते कार्यालय परिसरमा हुने वार्षिकोत्सव समारोहमा नगद, ट्रफी, मेडल तथा प्रमाण पत्र सहित पुरस्कृत गर्ने बैंकले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved