अब बैंकका ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 05:19:38 PM मा प्रकाशित

laxmi  sunrise bank

अब बैंकका ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण हुने भएको छ। यसको लागि एक प्रविधि निर्माण गरि उक्त प्रविधि कर्जा सूचना केन्द्र लिमिटेडलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्र बैंकसँगको समझदारीबमोजिम  तयार भएको Psychometric Scoring Solution आज एक कार्यक्रमका बीच अन्तर्राष्ट्रय वित्त निगमले कर्जा सूचना केन्द्र लिमिटेडलाई हस्तान्तरण गरेको हो। नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गर्ने उद्देश्यका साथ उक्त प्रणाली तयार गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार यो प्रणालीबाट विगतमा कर्जा नलिएका र विनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुनेछ । यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्र बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved