टिभिएस अपाचेको आरटीआर १६० नेपालमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 05:36:49 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ।  टिभिएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको जनाएको छ ।

 कम्पनीका अनुसार  २०२४ टिभिएस अपाचे आरटीआर १६०मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ जसले यसलाई नेपालमा मोटरसाइकल उत्साहीहरूका बीच एक उत्कृष्ट विकल्प बनाएको छ। यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ जसले यसको गुणस्तर बढाउँछ भने यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित SmartXonnectTM सहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यी सबै सुविधाहरूसहित, २०२४ टिभिएस अपाचे आरटीआर १६० नेपाली बजारमा उल्लेखनीय प्रभाव पार्ने तयारीमा प्रस्तुत भएको कम्पनीले उल्लेख गरेको छ। 

आरटीआर ओभरस्क्वायर न्यु–जेन इन्जिनद्वारा संचालित, २०२४ टिभिएस अपाचे आरटीआर १६०मा चार ओटा स्ट्रोक, फ्युल–इन्जेक्टेड १५९.७ सीसी सिंगल–सिलिन्डर, दुई–भल्भ ओटा SOHC एयर–कूल्ड इन्जिन रहेको छ । यसको पावरहाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार डबल–क्र्याडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट  पाँच–स्पीड गियरबक्स र २७० एमएम रोटो–पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ।

२०२४ टिभिएस अपाचे आरटीआर १६० – म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य रु. ३,०५,९०० रहेको कम्पनीले जनाएको छ।

टिभिएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले भने , “गत वर्ष नेपालको टिभिएस मोटरका प्रिमियम सेग्मेन्टमा साँच्चै उल्लेखनीय थियो, जहाँ हामीले उल्लेखनीय बजार हिस्सा हासिल गरेर महत्त्वपूर्ण माइल्स्टोन हासिल गरेका थियौं। नेपालमा द्रुत बृद्धि भइरहेको अपाचे ओनर ग्रुपको उत्साह र समर्थन असाधारण रहेको छ, जसमा अहिले विश्वभर ५० लाख भन्दा बढी सदस्यहरू संग्लग्न हुनुहुन्छ जसले त्ख्क् ब्उबअजभ लाई विश्वव्यापी रूपमा सबैभन्दा रुचाइएको प्रिमियम मोटरसाइकल ब्रान्डको रूपमा स्थापित गरेको छ ।  टिभिएस अपाचे आरटीआर फोरभी एफआईको सीमित संस्करण र टिभिएस रोनिन ‘मोर्डन–रेट्रो’ मोटरसाइकल लगायतका हाम्रा नवीनतम लन्चहरूमा उपभोक्ताको अत्याधिक प्रतिक्रियाले हामी निकै उत्साहित छौं । यो सकारात्मक प्रतिक्रियाले नेपालमा हाम्रा ग्राहकहरुलाई नवीन र रोमाञ्चक उत्पादनहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिन्छ, र हामी विश्वस्त छौं कि यो नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० यसको प्रमाण हुनेछ ।”

टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने , “हामी २०२४ टिभिएस अपाचे आरटीआर १६० नेपाल बजारमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं। यो प्रक्षेपणले नेपाली बजारमा हाम्रा ग्राहकहरूलाई नवीन र उच्च–स्तरीय उत्पादनहरू प्रदान गर्ने हाम्रो अटल प्रयासलाई दर्शाउँछ। परिष्कृत सुविधाहरू र अत्याधुनिक प्रविधिले सुसज्जित यस टिभिएस अपाचे आरटीआर सेरिजले कार्यसम्पादन र शैलीको नयाँ मापदण्ड स्थापना गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।”

लन्चमा बोल्दै म्यानेजिंग डिरेक्टर साहिल अग्रवालले भने , “टिभिएस मोटर नेपाली बजारमा एउटा जीवनशैली बनेको छ । टिभिएसको यो अपाचेको नयाँ मोडल १६०– टू भी रिफ्रेसमा रेसर्स चोइस अन्तर्गत वाइड रियर टायर, रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, नयाँ रेस इन्स्पायर्ड इन्जिन, रेस इन्स्पायर्ड ग्राफिक्स, बिस्ट इन्स्पायर्ड हेडलाइट्स, स्मार्ट कनेक्ट जस्ता अपग्रेडका साथ नेपाली बजारमा भित्र्याउन पाउँदा निकै उत्साहित छु। यो लन्च हाम्रा ग्राहकहरूलाई नवीन र रोमाञ्चक उत्पादनहरू प्रदान गर्ने टिभिएस मोटरको प्रतिबद्धताको प्रमाण हो ।”

टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने , “हामी २०२४ टिभिएस अपाचे आरटीआर १६० नेपाल बजारमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । यो प्रक्षेपणले नेपाली बजारमा हाम्रा ग्राहकहरूलाई नवीन र उच्च–स्तरीय उत्पादनहरू प्रदान गर्ने हाम्रो अटल प्रयासलाई दर्शाउँछ । परिष्कृत सुविधाहरू र अत्याधुनिक प्रविधिले सुसज्जित यस टिभिएस अपाचे आरटीआर सेरिजले कार्यसम्पादन र शैलीको नयाँ मापदण्ड स्थापना गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।"

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved