९ महिनामा निर्जीवन बीमा कम्पनीको ब्यापार ३० अर्ब, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 05:35:23 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब रुपैयाँको व्यपार गरेका छन्। चालु आवको चैत मसान्तसम्म १४ वटा निर्जीवन बीमकले २१ लख ९३ हजार ५४७ वटा पोलिसि बिक्री वापत ३० अर्ब बीमाशुल्क संकलन गरेका हुन् । 

जसमध्ये सबैभन्द धेरै बीमाशुल्क शिखर ईन्स्योरेन्सले संकलन गरेको छ । शिखरले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले ३ अर्ब ५३ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, सिद्दार्थ ईन्स्योरेन्सले २ अर्ब ८९ करोड ४ लाख, आईजीआई प्रुडेन्सियलले २ अर्ब ६४ करोड २ लाख र हिमालयन एभरेष्टले २ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

चैत मसान्तसम्म नेको ईन्स्योरेन्सले २ लाख ३० हजार ४११ वटा पोलिसि बिक्री गरेको छ भने शिखर ईन्स्योरेन्सले २ लाख ४१ हजार ५४८ वटा पोलिसि बिक्री गरेको छ। यस्तै सिद्दार्थ प्रिमियरले २ लाख ३२ हजार ५७६ वटा, सगरमाथा लुुम्बिनीले २ लाख २३ हजार ६६७ वटा र आईजीआई प्रुडेन्सियलले १ लाख ८३ हजार ९८९ वटा पोलिसि बिक्री गरेको छ । 

कुन कम्पनीले कति बीमाशुल्क आर्जन गरे ?





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved