क्रेष्ट माईक्रोका अध्यक्ष मोरले लिए शपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 02:26:14 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रेष्ट माईक्रो लाईफ ईन्स्योरेन्सको अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष मोरले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद लिसवाल समक्ष बुधबार शपथ ग्रहण गरेका हुन् ।

कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित मोरलाई चैत १९ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष पदमा चयन पश्चात, कम्पनीका अध्यक्ष ऋषिराज मोरले आज बुधबार प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । 

उक्त शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.को समेत उपस्थित रहेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved