लिबर्टी माइक्रोले बर्दिबासका ३५३ जनाको सामुहिक बीमा गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 08:58:41 PM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी माइक्रो लाइफ ईन्स्योरेन्सले बर्दिबासका ३५३ जनाको सामुहिक म्यादी लघु जीवन बीमा गर्ने सम्झौता गरेको छ । कम्पनीले २ चरणमा गरेर उक्त संख्याको बीमा गर्न गर्न लागेको हो । 

कम्पनीका अनुसार पहिलो चरणमा बर्दिबास नगरपालिकाको वडा नं १४ का न्यून आय भएका १०८ ब्यक्तिहरूको बीमा सम्झौता गरेको थियो । त्यसपछि दोस्रो चरणमा बर्दिबास न.पा. वार्ड नं १० र १२ को न्यून आय वर्गहरु थप २४५ जनाको सामुहिक म्यादी लघु जीवन बीमा गर्ने सम्झौता भएको हो ।

यसै क्रममा कम्पनीको तर्फ बाट अशोक कुमार कुवर, रविन्द्र कुमार मिश्रा तथा नगर प्रमुख प्रह्लाद कुमार छेत्रीको उपस्थिति रहेको थियो। उक्त बीमाको प्रति व्यक्ति बीमांक रकम १ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार ३५३ जनाको ३ करोड ५३ लाख रुपैयाँ बराबरको बीमा हुने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved