वल्डलिंकले भन्यो 'भारतले नेपाल आउने इन्टरनेटको लाइन काट्यो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 06:11:45 PM मा प्रकाशित

laxmi  sunrise bank

वल्डलिंक कम्युनिकेशनले अपस्ट्रिम सेवा प्रदायकले नेपालको इन्टरनेटको लाइन काटिदिएको जनाएको छ । नेपालले भारतको एयरटेलबाट ब्याण्डविथ खरिद गर्दै आएको थियो । 

अहिले भुक्तानी विवाद रहेकोले भारतको एयरटेलले नेपाल आउने इन्टरनेटको ब्याण्डविथ काटिदिएको वल्डलिंकले जनाएको छ। यसका कारण नेपालका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । बिहिबार अपरान्हदेखि वर्ल्डलिंक, भायनेट, सुबिसु लगायतका सेवा प्रदायकको इन्टरनेट सेवा प्रभावित भएको हो।

नेपालले भारतबाट ब्याण्डविथ खरिद गरेर नेपालमा इन्टरनेट ल्याउने गरेको थियो। नेपालका सेवा प्रदायक र सरकारबीच विवाद रहेकोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस दिएको थिएँन। सोहि कारण नेपालले भारतलाई पैसा तिर्न सकेको थिएँन । 

पैसा नदिएको  भन्दै भारतले जुनसुकै बेला इन्टरनेट काटिन सक्ने चेतावनी दिएको थियो । सोहि कारण भारतले नै इन्टरनेटको लाइन काटेको वल्डलिंकको दाबि छ।  

नेपालले भारतलाई इन्टरनेटको ब्याण्डविथ खरिद गरे वापत करिब ३ अर्ब तिर्नु पर्ने बताईएको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved