अमेरिकाले आफ्ना ७८७ ड्रीमलाइनर विमानहरूको उचित निरीक्षण नगरेको हुनसक्ने आशंका व्यक्त गरेपछि थप अनुसन्धान शुरु भएको छ । उसले विमानबारे वायु सुरक्षा नियामकहरूलाई बताएपछि समस्याग्रस्त अवस्थामा रहेका बोइङमाथि नयाँ अनुसन्धान सुरु गर्न निर्देशन दिएको हो ।
फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) ले कर्मचारीले नक्कली रेकर्ड गरेको छ कि छैन भनेर हेर्ने बताएको छ। बोइङले निर्माण लाइनमा रहेका सबै ७८७ जेटको पुनः निरीक्षण गरिरहेको बताएको छ ।
पहिले नै सेवामा रहेका विमानहरूको बारेमा कायम चिन्ताहरू सम्बोधन गर्न ठोस कार्य योजना बनाउन पनि बोइङलाई निर्देशन दिइएको छ । बोइङले भने यसबारेमा थप टिप्पणी गरिसकेको छैन ।
बोइङ ७८७ का प्रमुख स्कट स्टकरले यस विषयमा तुरुन्तै समीक्षा गरिरहेकोले केसिह समय कुर्न आवश्यक रहेको बताएका छन् ।
बोइङको प्रतिष्ठामा केहि वर्ष पहिलेदेखि नै आँच आएको थियो । कम्पनीका दुई वटा ७३७ म्याक्स विमानहरू पाँच महिनाभित्रै दुर्घटनाग्रस्त हुँदा ३४६ यात्रु र चालक दलका सदस्यको ज्यान गएको थियो।यतिमात्र नभई गत जनवरिमा अमेरिकामा अलस्का एयरको बोइङ विमान उडिरहेको सिसा खसेपछि अनुसन्धान शुरु भएको थियो ।सो घटनापछि बोइङ विमानहरु ग्राउन्डेड गर्न थालिएको थियो ।
एकपछि अर्को गरेर बोइङ विमानका कमजोरीहरु सार्वजनिक हुन थालेपछि कम्पनीको शेयरमूल्य पनि घटेको छ । यसपछि कम्पनीले घटनाबारे समीक्षा गर्दै बोइङ ७३७ को उत्पादनमा पनि कटौती गरिसकेको छ । एजेन्सी