कतार पुगेर कतारी अमिरले गरे नेपाल र नेपालीको खुलेर प्रशंसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 10:19:37 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्यपूर्वको इतिहासमै पहिलो ठुलो भ्रमणको रुपमा नेपाल आएका कतारका अमिरले नेपाल र नेपालीको खुलेर प्रशंसा गरेका छन। दुई दिने नेपाल भ्रमण सकेर आज आफ्नो देश कतार पुगेपछि कतारी अमिरले ट्वीट गर्दै नेपाल र नेपालीको प्रशंसा गरेका हुन्। 

उनले ट्वीट गर्दै आफ्नो पहिलो नेपाल भ्रमणमा गरिएको आतिथ्यका लागि नेपाल र नेपालीको प्रशंसा गर्दै सम्पूर्ण नेपालीलाई धन्यबाद दिएका छन्। नेपालको प्राचिन इतिहासका केही अंशका बारेमा जान्ने मौका दिएको र न्यानो आतिथ्य गरेको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको पनि खुलेर प्रशंसा गरेका छन्। 

नेपाल भ्रमणको क्रममा भएका समझदारी र सम्झौतालाई कार्यान्वयन गरेर नेपाल र कतारबीचको आर्थिक सम्बन्धलाई विकास गर्ने र द्रिपक्षीय सहयोगलाई समेत नयाँ उचाईमा पुर्याउने प्रतिबद्दता समेत जनाएका छन्। 

दक्षिण एसियाको भ्रमणमा निस्केका कतारी अमिर फिलिपिन्स हुँदै बंगालदेश पुगेर नेपाल आइपुगेका थिए। भ्रमणको क्रममा कतारी अमिरले पहिलो दिन नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसंग र दोस्रो दिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेका छन्। उनको नेपाल भ्रमणको क्रममा बिभिन्न आठ बिषयमा समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved