‘काठमाडौँ देशको राजधानी हो, यहाँ फुटपाथको व्यापार सुहाउँदैन’ (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 01:06:12 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा सडक पेटीमा फुटपाथको व्यापार गरेर दैनिकी चलाउनेहरुको संख्या ठूलो छ । भलै, यस्ता मानिसहरु कति छन् भनेर कसैले अध्ययन गरेको यकिन तथ्यांक छैन । फुटपाथका व्यापारीलाई देख्यो कि लखेट्ने नीति लिएको काठमाडौँ महानगरपालिकाले त झन यस विषयमा अध्ययन गर्छ भनेर आशा राख्नु नै बेकार हुन्छ ।

देशभरका शहरमा फुटपाथ पसलहरु चलिरहेका हुन्छन् । तीनको व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित नगरपालिकाले नगर प्रहरीलाई दिएको हुन्छ । तर, काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले भने फुटपाथ व्यापारको व्यवस्थापन गर्ने नभई फुटपाथमा चलेका पसलहरु उठाएर जफत गर्ने जिम्मेवारी पाएको छ ।

फुटपाथमा व्यापारीले राखेका बोरा, ठेलागाडा जस्ता सम्पत्ति नगर प्रहरीले कुनै सोधखोज बिना नै सिँधै उठाउने गरेको छ । केही समय अघि सुकेधारामा तरकारी बेच्दै गरेकी महिला मञ्जु कुँवरको ठेलागाडा नगर प्रहरीले खोसेको घटना अझै ताजै छ । यस्ता घटना दैनिक रुपमा हुने गरेका छन् । दिउँसो गाडामा तरकारी बेच्ने र नाङ्लोमा अमला र खुर्सानी बेच्नेहरुलाई नगर प्रहरीले दुःख दिएका कयौँ उदाहरण छन् । 

सामान फिर्ता नदिने नीति

गत आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौँ महानगरपालिकाले फुटपाथबाट जफत गरिएका सामान बिक्रि गरेर ५२ लाख रुपैयाँ कमाएको थियो । यसको मूल कारण भनेको काठमाडौँ महानगरले फुटपाथबाट जफत गरिएका सामान फिर्ता नदिने नीति बनाउनु हो ।

२०७४ सालमा काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले फुटपाथबाट नगर प्रहरीले उठाउने सामान फिर्ता नदिने नीति बनाए । यो नियम पालना गराउने जिम्मा नगर प्रहरी प्रमुख धनपति सापकोटाले पाए । 

‘काठमाडौँ देशको राजधानी हो, यहाँ स्थानीय उत्पादनको बजारीकरण गर्ने जस्ता बाहानामा फुटपाथ पसल चल्न दिइन्न’ नगर प्रहरी प्रमुख साकोटाले भने, ‘पांग्रा भएको चिज यातायातमा दर्ता हुनुपर्छ, त्यसै सडकमा चलाएपछि त्यो कारबाहीमा पर्छ । कुनै पनि समयमा, दिउँसो होस् वा राती महानगरको क्षेत्राधिकार भित्र पर्ने भूगोलमा हामी फुटपाथ राख्न दिँदैनौँ । हाम्रो जनशक्ति कम हुँदा राती फुटपाथको नियन्त्रण गर्न सकेका छैनौँ, अब रातीमा चल्ने फुटपाथलाई पनि हामी हटाउँछौँ ।’

उनले राज्यलाई कर तिरेर व्यवसाय गर्नेलाई प्रोत्साहित गर्ने नीति अनुसार महानगरले फुटपाथबाट जफत गरिएका बस्तुहरु फिर्ता नदिने नीति लिएको बताए ।

भिडियोः



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved