इन्ड्राइभको 'योरपेस किप फिट सर्किट' कार्यक्रम घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 08:21:34 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल शुरु भएको छ । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो । 

मे २ देखि सेप्टेम्बर २५ (बैशाख २० गतेदेखि असोज ९ गते) सम्म चल्ने यो रनिङ्ग प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिनको लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन हो ।

कार्यक्रमले प्रमुख आठ स्थानहरूः काठमाडौं (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग ४५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ । यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ र दर्तापछि प्रत्येक सहभागीको लागि तालिका निर्धारित गरिने जनाइएको छ ।

योरपेस किप फिट सर्किट नेपाल सहभागीहरूमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्न विशेष गरी बालबालिका र धावकहरूलाई लक्षित गरी डिजाइन गरिएको पहल हो । यो निःशुल्क तालिम कार्यक्रमले समुदाय भित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढावा दिदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन मानिसहरुलाई उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रमले सहभागीहरूलाई दौड प्रशिक्षण र समर्थन प्रदान गरेर  शारीरिक र मानसिक रूपमा आफूलाई विकास गर्न साथै व्यक्तिगत कल्याणको लागि होस् वा खेलकुदमा करियर बनाउनको लागि सशक्त बनाउने प्रयास गर्नेछ ।

 “योरपेस किप फिट सर्किट नेपाल“ तालिम सबैका लागि पहुँचयोग्य बनाउन इन्ड्राइभ प्रतिबद्ध रहेको जनाइएको छ । 

प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६औं काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved