INTER COLLEGE FUTSAL CHAMPIONSHIP को प्रत्यक्ष प्रसारण Action Sports HD1 Channel ले गर्ने भएको छ । वैशाख २६ गते देखि जेठ ९ गते सम्म चल्ने सो खेलको प्रात्यक्ष प्रसारण Action Sports HD1 Channel ले गर्ने भएको हो ।
प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानिया र डिश मिडिया नेटवर्कका तर्फ बाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका
हुन् । आयोजकका अनुसार प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ । सहभागी टिमहरुलाई ४ समुहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरु खेलाईने छ।
प्रतियोगिताको सम्पुर्ण खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।
अखिल नेपाल फुटवल संघको आयोजनामा CHAMAPIONSHIP आयोजना हुन लागेको हो ।