माओवादी सम्वद्ध डेढ दर्जन विभागले बजेटको लागि अर्थमन्त्रीलाई दिए सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 02:30:38 PM मा प्रकाशित

laxmi  sunrise bank

  माओवादी केन्द्र सम्वद्ध करिब डेढ दर्जन विभागले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा विभिन्न खालका सुझाव दिएका छन् । आइतबार माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा विभिन्न विभागका प्रमुखले उनलाई विभिन्न सुझावहरु दिएका हुन् ।

त्यसो त मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् । कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरेका थिए । बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक÷सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुले सुझाव दिएका थिए ।     

कार्यक्रममा अर्थमन्त्री पुनले सहभागितामुलक रुपमा बजेट निर्माण गरिने बताएका थिए । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो । आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने पनि उनले प्रतिबद्धता जनाएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved